Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेरबहादुर देउवामाथि लगाइएका आरोपबारे भ्रममा नपर्न आग्रह


२६, चैत २०८२
  • 109
    SHARES
  • शेरबहादुर देउवामाथि लगाइएका आरोपबारे भ्रममा नपर्न आग्रह

    काठमाडौं l नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि सम्पत्ति तथा मनी लन्डरिङसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषय सार्वजनिक भएपछि उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको छ।

    देउवाले आफू र आफ्नो परिवारविरुद्ध गलत र भ्रामक प्रचार भइरहेको उल्लेख गर्दै सम्पूर्ण सम्पत्तिको विवरण कानुनअनुसार सम्बन्धित निकायमा नियमित रूपमा बुझाउँदै आएको स्पष्ट पार्नुभएको छ।

    सार्वजनिक जीवनमा सदैव पारदर्शिता, विधिको शासन र जवाफदेहितामा विश्वास राख्दै आएको बताउँदै उहाँले आफ्नो जीवन ‘खुला पुस्तक’ सरह रहेको उल्लेख गर्नुभयो।

    उहाँले १९९१ मा गृहमन्त्रीका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्ने पहल गरेको र २००२ मा प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रण ऐन पारित गराएको स्मरण गराउँदै भ्रष्टाचारविरुद्धको आफ्नो अडान प्रष्ट पार्नुभयो।

    हाल दीर्घकालीन स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले भ्रामक सूचना र अफवाहमा विश्वास नगर्न सबैमा आग्रह गर्नुभएको छ। “सत्य समयसँगै उजागर हुनेछ,” उहाँको भनाइ छ।

    यसैबीच, विभिन्न राजनीतिक वृत्त तथा समर्थकहरूले देउवाप्रति ऐक्यबद्धता जनाउँदै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्। उनीहरूले प्रमाणबिना आरोप लगाई व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति रोक्नुपर्नेमा पनि जोड दिएका छन्।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend