Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीसँग निर्माण व्यवसायीले आयोजनाको सुरक्षा मागे


२९, चैत २०८२
  • 123
    SHARES
  • गृहमन्त्रीसँग निर्माण व्यवसायीले आयोजनाको सुरक्षा मागे

    काठमाण्डाै – निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडकको अनुगमनमा जानुभएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरूले आयाेजनाकाे सुरक्षा माग गरेका छन् ।

    ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काले मन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गर्नुभएको हो ।

    उपाध्यक्ष खड्काले निर्माणाधीन नागढुङ्गा–नौबीसे सडक खण्डमा ठेक्का लिएर काम गर्दै आइरहनुभएको छ । आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारबाही गर्न उहाँले माग गर्नुभयो ।

    सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामग्री उत्खनन गर्न नपाउँदा आयोजनाले लक्ष्यअनुसारको काम गर्न नसकेको खड्काको भनाइ छ ।

    मन्त्री गुरुङले निर्माण आयोजनाहरूमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताउनुभयो । पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायीमाथिको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend