Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युवा शक्तिको जागरण: कांग्रेसलाई एकताको सुदृढ किल्ला बनाउने अभियान


३०, चैत २०८२
  • 127
    SHARES
  • युवा शक्तिको जागरण: कांग्रेसलाई एकताको सुदृढ किल्ला बनाउने अभियान

    काठमाडौं l नेपाली कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यले युवा नेताहरूले महत्वपूर्ण पहल थालेका छन्।

    आइतबार अनामनगरस्थित जय नेपाल फाउण्डेसनको कार्यालयमा सम्पन्न भेलाले पार्टीभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्न देशव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

    युवाहरूले संस्थापन र इतर समूहबीच बढ्दो विभाजनलाई रोक्न सचेतनामूलक कार्यक्रमहरू अघि बढाउने र नेतृत्वलाई एकताको पक्षमा उभिन दबाब दिने रणनीति बनाएका छन्।

    केही दिनभित्रै सार्वजनिक हुने कार्यतालिकाले आगामी १५औँ महाधिवेशनलाई एकताबद्ध, सशक्त र परिणाममुखी बनाउने लक्ष्य लिएको छ।

    भेलामा प्रतिमा गौतम, उमेशजंग रायमाझी, पुष्प पराजुली, बिनोद कायस्थ, नयनसिंह महर, बद्री अर्याल, निर्मला क्षेत्री, मनोजमणि आचार्य, बालचन्द्र पौडेल, सरोज थापा, पुष्प शाही, अन्जन लामा, विष्णु पन्थी, लेखनाथ पोख्रेल, ध्रुव पाण्डे, सन्तोष भट्टराई र सुदन वलीलगायत युवा नेताहरूको उपस्थिति रहेको थियो।

    यसै क्रममा सभापति गगन थापाले पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा पार्टीलाई सबैको अपनत्व हुने गरी एकताबद्ध बनाउने प्रतिबद्धता पुनः दोहोर्याए।

    युवाहरूले महाधिवेशनअघि नै कांग्रेसलाई अन्य दलभन्दा सक्षम, संगठित र प्रभावशाली बनाउने लक्ष्यसहित थप सक्रिय हुने बताएका छन्।

    यो अभियानले नेपाली कांग्रेसको भविष्यलाई नयाँ पुस्ताको नेतृत्वमा उज्यालो दिशातर्फ लैजाने विश्वास लिइएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend