Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा २ क्विन्टलभन्दा बढी अवैध माछा बरामद, प्रहरीले नष्ट गर्‍यो


३, वैशाख २०८३
  • 129
    SHARES
  • कपिलवस्तुमा २ क्विन्टलभन्दा बढी अवैध माछा बरामद, प्रहरीले नष्ट गर्‍यो

    कपिलवस्तु l कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-६ गडगौडाबाट प्रहरीले साढे दुई क्विन्टलभन्दा बढी अवैध माछा बरामद गरेको छ।

    भारतबाट सीमा क्षेत्र हुँदै चोरी पैठारी गरी ल्याइँदै गरेको बैखी जातका माछा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकलमा माछा ल्याइँदै गर्दा प्रहरी टोलीलाई देखेपछि चालकहरू माछा छाडेर फरार भएका थिए।

    फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बरामद माछाको अनुमानित मूल्य करिब ८८ हजार रुपैयाँ रहेको छ।

    अवैध रूपमा ल्याइएका माछा स्वास्थ्य र कानुनी दृष्टिले जोखिमपूर्ण हुने भएकाले ती माछा खाल्टोमा पुरेर नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सीमा क्षेत्रमा अवैध आयात-निर्यात नियन्त्रणका लागि निगरानी कडा पारिएको जनाएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend