Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’


४, वैशाख २०८३
  • 102
    SHARES
  • मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले  मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन् । 

    'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भन्ने शास्त्रीय वचनलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन् । उनले सृष्टिकी मुहान आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन् ।

    आफ्नो शुभकामना उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताकी स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सन्तानका रूपमा आफूहरूको कर्मले आमाहरूलाई सधैं गर्व महसुस गराउन सकौँ भन्ने भावना व्यक्त गर्दै भनेका छन्, 'आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।'

    शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिलाई पनि जोड्दै भनेका छन्, 'हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।' 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend