Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसले संविधान संशोधन सुझावका लागि गठन गरेको समितिले पूर्णता पायो


६, वैशाख २०८३
  • 102
    SHARES
  • कांग्रेसले संविधान संशोधन सुझावका लागि गठन गरेको समितिले पूर्णता पायो

    काठमाण्डौ – नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा गठित विज्ञ समितिलाई पूर्णता दिएको छ ।

    पार्टीको केन्द्रीय कार्यसमितिको गएको चैत्र ११ गतेको निर्णयअनुसार गठित समितिलाई पूर्णता दिइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विज्ञ समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरू सदस्य छन् ।

    संविधान जारी भएको एक दशकमा अभ्यासका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्दै संघीय प्रणाली र समावेशितालाई थप प्रभावकारी बनाउन पहल लिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    समितिलाई संविधान संशोधनका सन्दर्भमा विभिन्न क्षेत्रबाट उठेका माग, विगतका आन्दोलन र सम्झौताहरूको अध्ययन गरी विस्तृत प्रतिवेदन बुझाउने ५ वटा कार्यभार दिएको कांग्रेसले जनाएको छ । यसअघि सरकारले संविधान संशोधन बहसपत्रमा बनाएको कार्यदलमा सामेल हुनुअघि कांग्रेसले सरकारसँग केही विषयमा धारणा मागेको थियो ।

    यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

    आज काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

    पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताउनुभयो ।

    यसैबीच नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ । छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने निष्कर्ष सहित देउवापक्षको भेलामा नजाने निर्णय गरेको छ ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend