Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशीमा गठबन्धन टुक्राउन दौडधुप


१६, साउन २०८०
  • 197
    SHARES
  • कोशीमा गठबन्धन टुक्राउन दौडधुप

    काठमाडौँ । कोशी प्रदेशको सरकार एमालेकै नेतृत्वमा बनाउने र आधा कार्यकाल माओवादीलाई बाँड्ने गरी सहमति गर्न माओवादीका उपमहासचिव वर्षमान पुनको दौडधुप रहेको छ । वामगठबन्धनका पक्षधर रहेका पुनले आफ्ना पुराना सहयोगी मित्र सभामुख बाबुराम गौतमलाई राजीनामा नदिन र प्रदेशका नेता इन्द्र आङबोहाङलाई अर्को पटक मूख्यमन्त्री बन्ने सहमति गरी नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई मूख्यमन्त्री बनाउन दबाब दिइरहेको बताईएको छ। 

    ‘कोशी प्रदेश सरकार बनाउने सवालमा माओवादीमा विभाजन देखियो, काँग्रेसले साथ पाउने सम्भावना निकै कमजोर छ’, माओवादीका एक नेताले भन्नुभयो ‘राजीनामा दिन तयार भएका सभामुखलाई राजीनामा नदिन र अर्को सहमतिका लागि पहल गर्न निर्देशन आएको छ । 

    कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले बहुमत पु¥याएर आज मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको बेला माओवादीभित्रको अन्तरद्वन्द्वले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा ४७ मत नपुग्ने अवस्था बन्न थालेको हो । ९३ सदस्यीय कोशीमा सरकार बनाउन बहुमत सदस्य सङ्ख्या ४७ हो । ‘उहाँ आफ्नो पक्षमा मत जुटाएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरिरहनु भएको छ तर माओवादीले साथ दिन आलटाल गरिरहेको छ’,कोशी प्रदेशबाट एक सांसदले भन्नुभयो । 

    प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेको समय सीमा आज ५ बजे सकिन लाग्दा संघीय सरकारका दुई गठबन्धन दलबीचमा सहमति जुट्न सकेको छैन । बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको बेला माओवादी किन बाधक बन्यो भन्ने बारेमा केही खुलेको छैन । गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन चाहे पनि राप्रपा इच्छुक देखिएको छैन । सभामुखको राजीनामा नै सरकार बनाउने अन्तिम विकल्प बनेको थियो ।
     
    कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो। थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो । 

    सर्वोच्चको पूर्ण इजलासले  निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ति खारेज गरेको थियो । मूख्यमन्त्री थापाको नियुक्ति खारेज भएपछि सभामुखलाई राजीनामा गराएर मूख्यमन्त्री बनाउन सहयोग गर्न काँग्रेसको आग्रह थियो । सर्वोच्चले साउन ११ गते नियुक्ति खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गर्नुभएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend