Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नदीकिनारका जोखिमपूर्ण बस्ती हटाइ सुरक्षित बसोबास गरिने:प्रधानमन्त्री बालेन्द्र शाह


१२, वैशाख २०८३
  • 117
    SHARES
  • नदीकिनारका जोखिमपूर्ण बस्ती हटाइ सुरक्षित बसोबास गरिने:प्रधानमन्त्री बालेन्द्र शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै हरेक वर्ष दोहोरिने बाढी र डुबानका कारण हजारौँ नागरिकले भोग्दै आएको पीडालाई अब अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रधानमन्त्री शाहले वर्षेनी बाढीका कारण नदीकिनारका बासिन्दाहरूले ज्यान जोगाउँदै घरबार छाडेर भाग्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर मानवीय समस्या भएको उल्लेख गरेका छन् । “अब पनि ठूलो दुर्घटना पर्खेर बस्ने कि सुरक्षित व्यवस्थापन गर्ने?” भन्ने प्रश्न उठाउँदै उनले जोखिममा रहेका नागरिकको जीवनसँग राजनीति गर्न नहुने स्पष्ट पारे ।

    उनका अनुसार नदीकिनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली प्रभावित भई उपत्यका प्रदूषित बन्दै गएको छ । यस समस्याको समाधानका लागि थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित स्थानमा सारिनेछ ।

    प्रधानमन्त्रीले आफूले उम्मेदवार हुँदा गरेका प्रतिबद्धता, पार्टीको वाचापत्र तथा सरकारका ‘१०० दिनका प्राथमिकता’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

    “अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर देशभरका वास्तविक पीडितलाई जग्गा उपलब्ध गराइनेछ,” उनले भने । देशभर रहेका लाखौँ सुकुम्बासीको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री शाहले यसपटक समस्या स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन् ।

    125a983d-f104-4c8c-9bf5-b7ab72e04a48.jpg

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend