Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक


१६, वैशाख २०८३
  • 123
    SHARES
  • नेपाली कांग्रेस सदस्यता व्यवस्थापन बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक

    काठमाण्डाै – नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा सम्पन्न भएको छ।

    बैठकले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता प्रविष्टिमा छुट भएका जिल्ला तथा क्षेत्रलाई एक साताको अतिरिक्त समय दिने निर्णय गरेको छ ।

    यस अवधिमा डिजिटल प्रणालीमार्फत विवरण प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, जनसम्पर्क समितिहरूको अवस्थाअनुसार वर्गीकरण गरी समस्या पहिचान र समाधान गर्ने तथा सम्पन्न भइसकेका अधिवेशनका सदस्यता विवरणलाई विधानअनुसार अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ ।

    विदेशस्थित जनसम्पर्क समितिका लागि अनलाइन सदस्यता प्रणालीलाई निरन्तरता दिइने र सम्बन्धित समितिलाई त्यसबारे जानकारी गराइने व्यवस्था कायम राखिएको छ ।

    बैठकले नेपाली नागरिकता भएका व्यक्तिहरूलाई जनसम्पर्क समिति सदस्यता तथा क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ भने अन्यको हकमा पार्टीको विधानअनुसार प्रक्रिया अपनाइनेछ ।

    यसैबीच, नविकरण छुट भएका सदस्यहरूको हकमा केन्द्रीय स्तरबाटै एक साताका लागि नविकरण खुला गरिने र सम्बन्धित जिल्लालाई त्यसको जानकारी गराइने जनाइएको छ ।

    साथै, विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको सदस्यता अद्यावधिक गर्न सम्बन्धित तहबाट तोकिएको व्यक्तिमार्फत प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ । उक्त निर्णयहरू पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो l

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend