Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान र कानुनविद्सँग परामर्श गर्दै


१७, वैशाख २०८३
  • 81
    SHARES
  • अध्यादेशबारे राष्ट्रपतिले आज संविधान र कानुनविद्सँग परामर्श गर्दै

    काठमाण्डौ - सरकारले संसद् रोकेर विभिन्न ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ । 

    उहाँले आज दिउँसो ४ बजे संविधानविद् तथा कानुनविद्लाई शीतल निवास बोलाउनुभएको छ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको प्रतिक्रिया दिनुभएको छ । सरकार अध्यादेशमार्फत अघि बढ्न खोजेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 

    कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गरिएको उहाँको दाबी छ । यसैबीच सरकारको कदमपछि मोर्चाबन्दीमा जुटेका विपक्षी दलहरूको बैठक पनि आज बस्दैछ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । 

    आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल केन्द्रित हुने नेताहरूले बताएका छन् । यसअघि हिजो कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । हिजोको बैठकमा विपक्षी दल श्रम संस्कृतिबाहेक कांग्रेस, एमाले, नेकपा र राप्रपा सहभागी थिए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend