Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेको माग– सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाऔं


१६, साउन २०८०
  • 141
    SHARES
  • एमालेको माग– सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाऔं

    काठमाण्डौं । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो सुन भन्सार विभागले बाहिरबाट समातेपछि प्रमुख प्रतिपक्षी दल एमाले निष्पक्ष छानबिन हुनुपर्ने अडानमा छ। एमाले सुन तस्करीमा सत्तामै रहेका उपल्लो स्तरका राजनीतिक व्यक्तिहरूको संलग्नता रहेको दाबी गर्दै छानबिनका लागि उच्चस्तरीय समिति नै बनाउनुपर्ने माग राख्दै साउन ३ गतेदेखि संसद अवरुद्ध पारिरहेको छ।

    सोमबार समिति बनाउनेबारे कुराकानी नभए पनि निष्कर्ष ननिस्किएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो। मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि आफ्नो माग पूरा गर्ने प्रतिबद्धता नआएसम्म सदन चल्न नदिने अडान एमालेले राखेको छ। राजश्व अनुसन्धान विभागले सुन तस्करीबारे अनुसन्धान गरिरहेको छ। अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिइसकेको छ भने सुन भण्डारण गरिएको ठाउँमा छापा हानेर तस्करीका लागि प्रयोग भएका सामग्री बरामद भएको छ।

    साउन ३ गते रेडी ट्रेडर्सले ल्याएको सय किलो सुन समातिएपछि विभागले गत चैतयता मात्रै उक्त कम्पनीले सात सय किलोभन्दा बढी सुन तस्करी गरेको दाबी गरेको छ। अनुसन्धान तीव्र रूपमा अघि बढिरहेको विभागको दाबी छ। तर पनि एमालेले विभागको छानबिनलाई पत्याएको छैन र उसले छुट्टै उच्चस्तरीय समितिको माग गरिरहेको छ।

    विभागको छानबिनलाई किन पत्याएन त एमालेले ? संसदीय दलका उपनेता सुवास नेम्वाङ सुन तस्करी प्रकरणमा सत्तामा रहेका राजनीतिक व्यक्तिहरूको सहभागिता रहेकाले नियमित सरकारी संयन्त्रबाट छानबिन हुन नसक्ने बताउनु हुन्छ। उहाँले भन्नुभयो,  ‘हामी भनिरहेका छौं, सुन तस्करीमा सत्तापक्षकै नेताहरूको सहभागिता छ। यस्तो अवस्थामा कसरी राजश्व अनुसन्धान विभागले निष्पक्ष छानबिन गर्न सक्छ ? विभागले अर्थमन्त्री, गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन। त्यसलै हामीले उच्चस्तरीय छानबिन समिति भनिरहेका छौं।

    उच्चस्तरीय छानबिन समितिको माग गरे पनि उक्त समितिको मोडालिटिबारे एमाले आफैं प्रष्ट छैन्। छानबिन समितिमा कस्ता र कति जना व्यक्तिलाई राख्ने भन्ने कुराबारे एमालेले अहिलेसम्म बताउन नसकेबाट उसले राजनीतिक एजेण्डाका रुपमा मात्रै उच्चस्तरीय समितिको कुरा उठाएको बुझ्न कठिन छैन।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुन छानबिनको जिम्मा दिने विषयमा पनि एमाले नकारात्मक देखिन्न। नेम्वाङले भन्नुभयो ‘कस्तो उच्चस्तरीय समिति बनाउने भन्नेबारे बसेर छलफल गर्न सकिन्छ। अख्तियारसहित विकल्पमा हामी खुल्ला नै छौं।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend