Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाल्पा-१ मा कांग्रेसको ‘जरा अभियान’ प्रारम्भ


२१, वैशाख २०८३
  • 98
    SHARES
  • पाल्पा-१ मा कांग्रेसको ‘जरा अभियान’ प्रारम्भ

     पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ मा ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम औपचारिक रूपमा आइतवार सुरु गरिएको छ ।

    पार्टीको आधारभूत संरचना सुदृढ गर्दै आगामी निर्वाचनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय प्रतिनिधी निर्मला क्षेत्रीले ‘जरा अभियान’को आवश्यकता र महत्वबारे प्रकाश पार्दै संगठनको दीर्घकालीन सफलता जरा सुदृढीकरणमै निर्भर रहने बताइन् ।

    उनले भनिन्, “मजबुत जरा बिना संगठन दिगो बन्न सक्दैन । यस अभियानले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा दिनेछ ।” जिल्ला सभापति हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरि न्यौपाने, लगायतले पार्टीको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौती र आगामी रणनीतिबारे धारणा राख्दै सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन आह्वान गरे।

    अभियानअन्तर्गत पुराना सदस्यहरूको विवरण अद्यावधिक गर्नुका साथै नयाँ, ऊर्जाशील तथा युवामुखी सदस्यहरूलाई समेट्ने लक्ष्य राखिएको छ। क्षेत्रका सबै वडामा एक महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने योजना तय गरिएको छ ।

    स्थानीय कार्यकर्ताका अनुसार, यस अभियानले संगठनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय नेतृत्वले यस्ता कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्ने संकेत दिएको छ, जसले नेपाली कांग्रेसको संगठनलाई दीर्घकालीन रूपमा अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

    f6a28f90-efea-4355-888b-85eff0965168.jpg

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend