Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदीय अधिकारमाथि ‘नाङ्गो जालसाजी’ भन्दै कांग्रेस आक्रामक, अध्यादेशविरुद्ध सशक्त भूमिका लिने घोषणा


२३, वैशाख २०८३
  • 114
    SHARES
  • संसदीय अधिकारमाथि ‘नाङ्गो जालसाजी’ भन्दै कांग्रेस आक्रामक, अध्यादेशविरुद्ध सशक्त भूमिका लिने घोषणा

    काठमाडौं l नेपाली कांग्रेसले वर्तमान सरकारको अध्यादेशमार्फत कानुन निर्माण गर्ने शैलीप्रति कडा आपत्ति जनाउँदै यसलाई “संसदीय प्रणालीमाथिको नाङ्गो जालसाजी”को संज्ञा दिएको छ।

    पार्टीका सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले आगामी संघीय संसद अधिवेशनलाई लक्षित गर्दै पार्टीको भूमिका थप सशक्त बनाउने निर्णय गरेको हो।

    बैठकले संसदमा पार्टीको उपस्थितिलाई एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिका नीतिगत निर्णयहरू संसदीय दललाई उपलब्ध गराउने र त्यसकै आधारमा साझा रणनीति तय गर्ने निष्कर्ष निकालेको छ।

    कांग्रेसले सरकारद्वारा संसद अधिवेशन आह्वान गरेर तुरुन्त अन्त्य गरी लगत्तै दर्जनौँ कानुनसम्बन्धी विषयमा अध्यादेश ल्याउनु विधायिकी अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।

    कांग्रेसले स्पष्ट पारेको छ कि अब ती अध्यादेशहरू संसदको क्षेत्राधिकारभित्र पर्ने भएकाले गहन परीक्षण गरिनेछ। सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले आएका सकारात्मक प्रावधानमा समर्थन जनाइने भए पनि नागरिकका मौलिक हक संकुचित गर्ने र संविधानको मर्म विपरीत रहेका व्यवस्थाहरूविरुद्ध संसदमा कडा प्रतिवाद गरिनेछ।

    त्यसैगरी, ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा रहेका केही प्रावधान संविधानविपरीत रहेको भन्दै कांग्रेसले आवश्यक संशोधन दर्ता गर्ने निर्णय गरेको छ। बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई शक्ति सन्तुलनको सिद्धान्तविपरीत ठहर गर्दै राजनीतिक नियुक्तिलाई वैधानिकता दिन गरिएको सरकारको कदमप्रति घोर आपत्ति जनाएको छ।

    साथै, सुकुम्वासी बस्तीहरूमा भइरहेको दमन र होल्डिङ सेन्टरमा राखिएको अवस्थालाई मानवीय संकटका रूपमा व्याख्या गर्दै कांग्रेसले वास्तविक सुकुम्वासीको पहिचान, सम्मानजनक पुनर्स्थापना र स्थायी समाधानका लागि संसदका दुवै सदनमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता कावा मुख्यसचिव द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend