Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद खुलेन


१६, साउन २०८०
  • 105
    SHARES
  • संसद खुलेन

    काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक खुलाउन एमाले राजी नभएपछि बैठक साउन २२ गते बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । 

    साउन १० गतेदेखि संसद बैठक बस्न सकेको छैन । साउन १० गते पनि अवरोधबीच केही क्षणमात्र बसेर विषय प्रवेश नगरी १५ गतेसम्मका लागि स्थगित भएको थियो । हिजोको बैठक पनि बस्न सकेन र आजका लागि सारिएको थियो । आजको बैठक पनि बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।

    एमालेले साउन ३ गते नियन्त्रणमा लिइएको अवैध सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले हिजैदेखि पहल थालेका थिए । 

    आज पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा एमालेले सबैलाई आफ्ना धारणा राख्न दिने र सुन काण्डबारे छानबिन गर्न समिति बनाउन प्रस्ताव गर्ने बताएको थियो । 

    तर त्यसपछि भने बैठक नै अगाडि बढ्ने माहोल नदेखेपछि सभामुख घिमिरेले २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अब बैठक २२ गते दिउँसो १ बजे बस्ने भएको छ । 

    samsad16.jpg

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend