Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री


२४, वैशाख २०८३
  • 129
    SHARES
  • सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री

    बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।

    बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई “संसदीय प्रणालीमाथिको गम्भीर प्रहार”को संज्ञा दिँदै लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि कदम नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। क्षेत्रीले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताउनुभयो।

    जनप्रतिनिधिको भूमिकालाई निष्क्रिय बनाउँदै “चोर बाटो”बाट कानुन लाद्ने प्रयास जनमतको अपमान भएको उहाँको भनाइ थियो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत शक्ति केन्द्रित गर्ने प्रयासले शक्ति पृथकीकरणको सिद्धान्तमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै उहाँले संविधानको मर्म, संस्थागत सन्तुलन र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न कांग्रेस दृढतापूर्वक उभिने बताउनुभयो।

    “संविधानको आत्मा भनेकै शक्ति सन्तुलन हो। जब सरकारले संवैधानिक निकायहरूलाई नियन्त्रणमा राख्ने उद्देश्यले अध्यादेशको दुरुपयोग गर्छ, त्यसले अधिनायकवादलाई प्रश्रय दिन्छ,” क्षेत्रीले भन्नुभयो, “नेपाली कांग्रेस लोकतन्त्र र संविधानमाथि हुने कुनै पनि प्रहारविरुद्ध चट्टानझैँ उभिन्छ।”

    सुकुम्वासी बस्तीमाथिको बल प्रयोगप्रति पनि उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। सुकुम्वासी समस्याको समाधान दमन, डोजर र त्रासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापनामार्फत मात्रै दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राख्नुभयो। राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा डर र असुरक्षा फैलाउने माध्यम बन्दै गएको भन्दै उहाँले सुशासनको वास्तविक अर्थ नागरिकको मौलिक अधिकारको संरक्षण भएको स्पष्ट पार्नुभयो।

    नेपाली कांग्रेसको ‘जरा अभियान’की केन्द्रीय प्रतिनिधिसमेत रहनुभएकी क्षेत्रीले कांग्रेस अब लोकतन्त्र कमजोर पार्ने गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो। जनहितका सकारात्मक कानुन निर्माणमा कांग्रेस सधैँ सहयोगी रहने तर संविधान, संसद र नागरिक अधिकारविपरीत आउने हरेक कदमको सदनदेखि सडकसम्म सशक्त प्रतिवाद गरिने उहाँको अडान थियो।

    क्षेत्रीको स्पष्ट, तार्किक र ओजपूर्ण अभिव्यक्तिले नेपाली कांग्रेस लोकतन्त्र, संविधान र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएको सन्देश दिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend