Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसमा भ्रातृ संस्थामा नयाँ नेतृत्व, महाधिवेशनको दबाब बढ्यो


२५, वैशाख २०८३
  • 133
    SHARES
  • कांग्रेसमा भ्रातृ संस्थामा नयाँ नेतृत्व, महाधिवेशनको दबाब बढ्यो

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सांगठनिक पुनर्संरचना र पुस्तान्तरणको स्पष्ट संकेत दिँदै वर्षौंदेखि महाधिवेशन हुन नसकेका प्रमुख भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेका छन्।

    केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार बिहीबार राति थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघमा नयाँ अध्यक्ष नियुक्त गर्दै निष्क्रिय बन्दै गएका भ्रातृ संगठनमा नयाँ रक्तसञ्चार गर्ने प्रयास गरेका हुन्।

    पार्टीले क्षेत्रीय सन्तुलन, युवा नेतृत्व र संगठनात्मक सक्रियतालाई प्राथमिकता दिँदै नेविसंघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला तथा महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई जिम्मेवारी दिएको छ। लामो समयदेखि तदर्थवादको चक्रमा फसेका यी संस्थाहरू २०७३ सालपछि नियमित महाधिवेशन गर्न असफल हुँदै आएका थिए, जसले पार्टीको आधारभूत संगठन संरचनामै निष्क्रियता बढाएको थियो।

    नवनियुक्त नेतृत्वलाई मुख्य जिम्मेवारी भनेको तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्नु रहेको कांग्रेस स्रोतले जनाएको छ। यसअघि पार्टीले पुराना कार्यसमितिलाई पटक–पटक समयसीमा दिए पनि अधिवेशन हुन नसकेपछि पाँच भ्रातृ संस्थाहरू स्वतः विघटन भएका थिए। निर्देशक समिति बनाएर समाधान खोज्ने प्रयाससमेत निष्कर्षमा पुग्न नसकेपछि सभापति थापाले नयाँ नेतृत्वमार्फत संगठनलाई पुनर्जीवित गर्ने रणनीति अघि सारेका हुन्।

    पार्टी निकट स्रोतका अनुसार यो केवल नेतृत्व हेरफेर नभई कांग्रेसलाई ग्रासरुट तहदेखि पुनः सक्रिय बनाउने अभियानको सुरुवात हो। “अब तोकिएको समयमा महाधिवेशन नगर्ने छुट कसैलाई छैन,” स्रोतले जनाएको छ। तर नयाँ नेतृत्वका सामु चुनौती कम छैनन्।

    पार्टीभित्रको गुटगत राजनीति व्यवस्थापन गर्दै साझा महाधिवेशन गराउनु, लामो समयदेखि निष्क्रिय रहेका जिल्ला तथा प्रदेश संरचनालाई चलायमान बनाउनु र कार्यकर्तामा बढ्दै गएको ‘महाधिवेशन हुँदैन’ भन्ने निराशा तोड्नु उनीहरूको मुख्य परीक्षा हुनेछ। २०८४ को चुनावी तयारी र बदलिँदो राजनीतिक समीकरणबीच कांग्रेसको यो कदमलाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend