कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट पवित्र हज यात्राका लागि साउदी अरबको मक्का–मदिना जान लागेका १७५ जना मुस्लिम धर्मावलम्बीलाई भावपूर्ण बिदाई गरिएको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट हज यात्रामा सहभागी हुन लागेका श्रद्धालुहरू काठमाडौं प्रस्थान गरेका हुन्।
हज समितिका सदस्य साकिर अहमदका अनुसार कपिलवस्तुका १० स्थानीय तहबाट यस वर्ष १७५ जना हज यात्रामा सहभागी हुँदैछन्। गत वर्ष जिल्लाबाट १८७ जना हज यात्रामा गएका थिए। तौलिहवा, कृष्णनगर, पकडी, चन्द्रौटा लगायतका क्षेत्रबाट यात्रुहरू काठमाडौंतर्फ प्रस्थान गरेका हुन्।
हज यात्रुहरूको बिदाइका क्रममा आफन्त, गाउँले तथा शुभेच्छुकहरूको ठूलो भीड लागेको थियो। उनीहरूलाई शुभकामना दिँदै शिवराज नगरपालिकाका मेयर अजय थापाले हज यात्रा सफल र मंगलमय रहोस् भन्ने कामना व्यक्त गरे। हज समितिका अनुसार यस वर्ष नेपालभरबाट करिब १ हजार २ सय जना हज यात्रामा सहभागी हुँदैछन्।
यात्रामा १३ जना हज समिति प्रतिनिधि, १ जना डाक्टर तथा २ जना स्वयंसेवक पनि सहभागी रहने जानकारी दिइएको छ। मुस्लिम धर्मगुरुहरूका अनुसार प्रत्येक मुस्लिमले आफ्नो जीवनकालमा कम्तीमा एकपटक हज गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। अहेले सुन्नत मदरसाका ईमाम अली हसन निजामीका अनुसार मक्का–मदिना यात्रा गर्नेलाई विशेष पुण्य प्राप्त हुने विश्वास छ।
उनले मक्कालाई “अल्लाहको घर” तथा पैगम्बर हजरत मोहम्मदको जन्मस्थलका रूपमा सम्मान गरिने बताए। “हज गर्नाले मानिसका पाप नष्ट भई नवजात शिशुजस्तै पवित्र हुने धार्मिक विश्वास छ,” उनले भने। हज यात्राका क्रममा श्रद्धालुहरूले मक्का र मदिनामा धार्मिक अनुष्ठान पूरा गर्नुपर्छ। विशेषगरी काबाको सात पटक परिक्रमा (तवाफ) गर्ने परम्परा रहेको छ।
यस्तै, इदुल अजाहा (बकर ईद) का अवसरमा विशेष नमाज अदा गर्दै कुर्बानी दिने चलन पनि रहेको बताइएको छ। काठमाडौंबाट वैशाख २६ गतेदेखि ३१ गतेसम्म १३ समूहमा नेपाली हज यात्रुहरू साउदी अरब प्रस्थान गर्ने कार्यक्रम रहेको छ।मदिनातर्फ प्रस्थान इमरान खान कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट पवित्र हज यात्राका लागि साउदी अरबको मक्का–मदिना जान लागेका १७५ जना मुस्लिम धर्मावलम्बीलाई भावपूर्ण बिदाई गरिएको छ।
जिल्लाका विभिन्न स्थानीय तहबाट हज यात्रामा सहभागी हुन लागेका श्रद्धालुहरू काठमाडौं प्रस्थान गरेका हुन्। हज समितिका सदस्य साकिर अहमदका अनुसार कपिलवस्तुका १० स्थानीय तहबाट यस वर्ष १७५ जना हज यात्रामा सहभागी हुँदैछन्। गत वर्ष जिल्लाबाट १८७ जना हज यात्रामा गएका थिए। तौलिहवा, कृष्णनगर, पकडी, चन्द्रौटा लगायतका क्षेत्रबाट यात्रुहरू काठमाडौंतर्फ प्रस्थान गरेका हुन्। हज यात्रुहरूको बिदाइका क्रममा आफन्त, गाउँले तथा शुभेच्छुकहरूको ठूलो भीड लागेको थियो।
उनीहरूलाई शुभकामना दिँदै शिवराज नगरपालिकाका मेयर अजय थापाले हज यात्रा सफल र मंगलमय रहोस् भन्ने कामना व्यक्त गरे। हज समितिका अनुसार यस वर्ष नेपालभरबाट करिब १ हजार २ सय जना हज यात्रामा सहभागी हुँदैछन्। यात्रामा १३ जना हज समिति प्रतिनिधि, १ जना डाक्टर तथा २ जना स्वयंसेवक पनि सहभागी रहने जानकारी दिइएको छ।
मुस्लिम धर्मगुरुहरूका अनुसार प्रत्येक मुस्लिमले आफ्नो जीवनकालमा कम्तीमा एकपटक हज गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। अहेले सुन्नत मदरसाका ईमाम अली हसन निजामीका अनुसार मक्का–मदिना यात्रा गर्नेलाई विशेष पुण्य प्राप्त हुने विश्वास छ। उनले मक्कालाई “अल्लाहको घर” तथा पैगम्बर हजरत मोहम्मदको जन्मस्थलका रूपमा सम्मान गरिने बताए।
“हज गर्नाले मानिसका पाप नष्ट भई नवजात शिशुजस्तै पवित्र हुने धार्मिक विश्वास छ,” उनले भने। हज यात्राका क्रममा श्रद्धालुहरूले मक्का र मदिनामा धार्मिक अनुष्ठान पूरा गर्नुपर्छ। विशेषगरी काबाको सात पटक परिक्रमा (तवाफ) गर्ने परम्परा रहेको छ।
यस्तै, इदुल अजाहा (बकर ईद) का अवसरमा विशेष नमाज अदा गर्दै कुर्बानी दिने चलन पनि रहेको बताइएको छ। काठमाडौंबाट वैशाख २६ गतेदेखि ३१ गतेसम्म १३ समूहमा नेपाली हज यात्रुहरू साउदी अरब प्रस्थान गर्ने कार्यक्रम रहेको छ।