Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारको नीति तथा कार्यक्रम आज, संसदको बजेट अधिवेशन पनि शुरु हुँदै


२८, वैशाख २०८३
  • 101
    SHARES
  • सरकारको नीति तथा कार्यक्रम आज, संसदको बजेट अधिवेशन पनि शुरु हुँदै

    काठमाण्डौ — सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

    राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ । आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरु हुँदैछ । सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई उच्च प्राथमिकता दिने भएको छ ।

    आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोगमार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ ।

    राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेश हुने भएका छन् ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend