Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल ४ गतेदेखि


१, जेठ २०८३
  • 86
    SHARES
  • प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल ४ गतेदेखि

    काठमाण्डौ — प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आउँदो ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ ।

    हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नुभएको हो । सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ ।

    प्रतिनिधिसभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको हो । प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सवल बनाउँदै परिणामुखी बनाउने विषयहरू समावेश रहेका छन् ।

    प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेको छ । विनियोजन विधेयकका पाँच सिद्धान्तमा नागरिकको अनुभूत गर्नेगरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सृदृढीकरण रहेका छन् ।

    त्यसैगरी, विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन् ।

    अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend