Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति जेठ २१ तोकियो, डिजिटल माध्यमबाटै फारम भर्न सकिने


१, जेठ २०८३
  • 105
    SHARES
  • कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति जेठ २१ तोकियो, डिजिटल माध्यमबाटै फारम भर्न सकिने

    काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्न निर्देशन दिएको छ ।

    पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    कांग्रेसलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यका साथ समितिले सदस्यता अभिलेखीकरणका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ ।

    जसअनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरी विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अद्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी ‘एआई साथी’ मार्फत सहयोग लिन सक्नेछन् ।

    यसका साथै, केन्द्रीय कार्यालयले डिजिटल सहायता केन्द्रका लागि ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरहरू उपलब्ध गराएको छ । सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै पनि आफ्नो अद्यावधिक फारम भर्न सक्ने सुविधा मिलाइएको छ । यो व्यवस्था स्वदेशमा रहेका सदस्यहरूका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि लागू हुने पार्टीले जनाएको छ ।

    बैठकले पार्टी विधानको व्यवस्थाअनुसार सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिहरू १५ औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ ।

    तसर्थ, तोकिएको समयावधि भित्रै आफ्ना विवरणहरू अद्यावधिक गर्न र गराउन मातहतका सबै तहलाई निर्देशन दिइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend