Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्


२, जेठ २०८३
  • 74
    SHARES
  • पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन् बढ्ने बताए।

    उनले भने, ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ। जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन। तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन।’

    पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनको समान हिस्सेदार भएको बताए। उनले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन, सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताए।

    उनले थपे, ‘श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन्। यो सफलता होइन, निरन्तरताको परिणाम हो।’

    पार्टी निर्माणको चरणमा रहेको भन्दै सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने उनले बताए।

    महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले प्रदेश पदाधिकारीहरूलाई एकअर्कासँग नियमित सम्पर्कमा रहन, बैठक सञ्चालन गर्न र सङ्गठनलाई लोकतान्त्रिक ढङ्गले अघि बढाउन आग्रह गरे।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend