Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘कांग्रेस एकताका लागि’ कर्णालीमा पूर्णबहादुरको प्रमुख आतिथ्यमा गोष्ठी


२, जेठ २०८३
  • 143
    SHARES
  • ‘कांग्रेस एकताका लागि’ कर्णालीमा पूर्णबहादुरको प्रमुख आतिथ्यमा गोष्ठी

    काठमाडौं । पार्टीको बृहत्तर एकता र भावी कार्यदिशाका विषयमा छलफल गर्न नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले विचार गोष्ठी आयोजना गरेको छ। 

    शनिबार (आज) सुरु गोष्ठी २ दिन अर्थात् आइतबारसम्म सञ्चालन हुने कांग्रेस कर्णालीले जनाएको छ। नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्य र पार्टीबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको विशेष आतिथ्यमा विचार गोष्ठी सुरु गरिएको प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए।

    वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संघीय सांसद, प्रदेश सांसद, पार्टीकातर्फबाट निर्वाचित जिल्ला समन्वय समिति प्रमुख एवम् उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्णाली प्रदेश कार्यसमितिका भ्रातृ तथा शुभचिन्तक संस्थाका पदाधिकारी, क्षेत्र, प्रदेश र पालिका सभापति सहभागी छन्। 

    यस्तै सुर्खेत जिल्ला कार्यसमिति, क्षेत्रीय समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, वडा सभापति र वडाध्यक्षहरूलाई कार्यक्रममा सहभागी छन्। 

    प्रदेश महामन्त्री निरञ्जन केसीले पार्टीको बृहत्तर एकताका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए। उनले संघदेखि स्थानीय तहसम्म कर्णालीमा कांग्रेस पहिलो पार्टी रहेको बताउँदै यसलाई अझ एकतावद्ध बनाउनका लागि विचार गोष्ठीले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने दाबी गरे। 

    ‘कर्णालीबाट एकताको सन्देश प्रवाह गर्न विचार गोष्ठी आयोजना गरेका हौँ’, उनले भने।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend