Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सूत्र’ जारी


४, जेठ २०८३
  • 105
    SHARES
  • कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सूत्र’ जारी

    सुर्खेत  – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सूत्र’ जारी गरेको छ ।

    नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सुर्खेतद्वारा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु आइतबार सम्पन्न कांग्रेसको ‘बृहत्तर एकता तथा भावी कार्यदिशा’ विषयक विचार गोष्ठीबाट १० बुँदे सूत्र जारी गरेको हो। सम्पन्न गोष्ठीबाट जारी सूत्रको पहिलो बुँदामा कांग्रेसको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

    त्यसैगरी, दोस्रो बुँदामा केन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारबाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिई बृहत्तर एकताको वातावरण बनाउन आह्वान गरिएको छ । त्यस्तै, समावेशी सिद्धान्त, वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

    नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धतासहित भूराजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण बनाउनुपर्ने, लोकतान्त्रिक व्यवस्था र सङ्घीय शासन प्रणालीको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरूबीचको साझा संयन्त्र निर्माणमा तत्काल प्रभावकारी पहल गर्नुपर्ने विषय उक्त सूत्रमा उल्लेख गरिएको छ ।

    त्यसैगरी, महँगीबाट प्रताडित जनतालाई राहत दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, सन्धि, सम्झौताअनुसार गठित ट्रेड युनियन हक अधिकार सुनिश्चित गर्न, प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन, सदनमा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न, सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रममा कर्णाली विकासका लागि उल्लेखनीय व्यवस्थाका निम्ति सरकारसँग आवश्यक समन्वय एवं पहल गर्न केन्द्रीय नेतृत्वलाई अनुरोध गर्नेलगायतका विषयलाई समेटेर १० बुँदे सूत्र जारी गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजङ्ग शाहीले जानकारी दिए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend