Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगन थापाप्रति अविश्वास होइन, गुट भत्काएर पार्टी बनाउने हो: विश्वप्रकाश शर्मा


४, जेठ २०८३
  • 145
    SHARES
  • गगन थापाप्रति अविश्वास होइन, गुट भत्काएर पार्टी बनाउने हो: विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ,’ शर्माले भने, ‘तर, विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ । यो गुट भत्काउने पार्टी बनाउने बाटो हो ।’

    उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे । ‘गगन थापालाई विश्वास नगर्नुस् ठीक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्,’ उपसभापति शर्माले भने, ‘क्रियाशिल सदस्यता अधावधिक गर्ने गगन थापाले होइन, वडा–वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो ।’

    उपसभापति शर्माले सदस्यता अद्यावधिकमा कसैका प्रति अशांका र अविश्वास गर्न आवश्यक नभएको पनि तर्क गरे । ‘को प्रति शंका र अविश्वास ?,’ प्रश्न गर्दै उनले भने, ‘अद्यावधिक गर्ने उनै १४ औं महाधिवेशन क्रममा चयन भएका वडा सभापति । पालिकामा उनै सभापति अनि जिल्ला सभापति उनै होइनन् र ?’

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend