Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राज्यले फसाएको भन्दै बालकृष्ण र टोपबहादुर पुगे उच्च अदालत


१७, साउन २०८०
  • 135
    SHARES
  • राज्यले फसाएको भन्दै बालकृष्ण र टोपबहादुर पुगे उच्च अदालत

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडले आफूहरुलाई अन्याय भएको भन्दै  जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउन माग गरेका छन् । उनीहरुले आफूहरुलाई साधारण तारेखमा राख्न र जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । आफूहरुलाई राज्य सत्ताले नै फसाएको उनीहरुको आरोप छ । 

    पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँड र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा मंगलबार पुनरावेदन गर्दैै आफूहरुलाई थुनामा राख्ने जिल्लाको आदेश बदर गरी सामान्य तारिखमा छोड्न माग गरेका छन् ।‘कति समय थुनेर राख्ने हो, निर्दोष हुँदा पनि जबरजस्ती फसाइएको छ’, उच्च अदालतमा अपील गर्ने क्रममा खाँडले आफन्तहरुसँग भनेका थिए । 

    उच्चले उनीहरुलाई थुनामा राख्ने जिल्लाको आदेश पेश गर्न निर्देश गरिसकेको छ । उक्त प्रकरणमा रायमाझी, खाँड र रिजालसहित १६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो । सोहीबमोजिम उनीहरुलाई केन्द्रीय कारागार र नक्खु जेलमा राखिएको छ । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट पनि परिसकेको छ । 

    उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन परेको बताउँदै केही दिनमा पेशी तोकिने बताए । ‘एक साता जति लाग्छ होला पेशी तोकिन त्यसपछि मुद्धामा बहस हुनेछ’, रजिष्टार कट्टेलले भने । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएपछि उनीहरु थुनामा रहेका छन् । विगत दुई महिनादेखि उनीहरु थुनामा रहेका छन् । यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

    सो प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका भए पनि उनलाई सीआईबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेको र प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएकाले उनलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । 

    यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार भएका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, थापाकै सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज राईलगायत फरार रहेका छन् । प्रतीक थापा र राई कहाँ छन भन्ने बारेमा प्रहरीले अहिलेसम्म पत्ता लगाएको छैन । शरणार्थी प्रकरणमा अनुसन्धान शुरु भएपछि नै उनीहरु फरार भएका थिए । 

    २०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा गरेर संगठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म दोस्रो चरणको अनुसन्धान भने शुरु भएको छैन । 

    भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने आवरणमा गिरोहले पीडितसँग करोडौँ रकम उठाएको खुलेको थियो । बैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई  र बैशाख २० मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि शरणार्थी प्रकरणको मुद्दा सडकदेखि सदनसम्म चर्किएको थियो ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend