Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माओवादीले केन्द्रीय समितिको आकार बढाउने,प्रत्यक्ष प्रसारण नगर्ने


१७, साउन २०८०
  • 229
    SHARES
  • माओवादीले केन्द्रीय समितिको आकार बढाउने,प्रत्यक्ष प्रसारण नगर्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो ।

    यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले सहभागिता जनाउन पाउनेछन् । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरिने निर्णय भएको जानकारी दिनुभयो । अहिले माओवादीको केन्द्रीय समिति पाँच सय ८३ सदस्यीय छ । यसमा तीन सय ८५ पूर्ण र एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

    विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने माओवादीको तयारी छ । “को–को ल्याउने भन्ने टुङ्गिएको छैन”, उहाँले भन्नुभयो । स्थायी समिति बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको थियो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्थाका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

    अपराह्न १ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन अध्यक्षले पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

    “बैठकमा अध्यक्षबाट प्रतिवेदन पेस, वर्तमान राजनीतिक अवस्थाका बारेमा संक्षेपमा सम्बोधन गर्ने काम हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सुरु हुन्छ ।” सकेसम्म छोटो समयमा आफ्ना धारणा राख्ने र सबैले धारणा राख्न सक्ने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो ।

    बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने छ ।

    माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण भने नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । यसअघि पदाधिकारी बैठकले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend