Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह


९, जेठ २०८३
  • 91
    SHARES
  • लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह

    काठमाण्डौ - जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर (लु) चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । 

    लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहने तथा थोरै ठाउँहरूमा ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो । 

    विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको छ । 

    साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिन सक्छ । 

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा (सुतीको कपडा) लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ । 

    यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत विभागको अनुरोध छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend