Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न


९, जेठ २०८३
  • 77
    SHARES
  • कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न

    काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कोशी प्रदेशस्तरीय दुई दिने परामर्श कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न भएको छ ।

    हिजो र आज चलेको कार्यशालामा कोशी प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिकासम्मका नेतृत्व सहभागी थिए ।

    जारी संकल्पमा नागरिकमुखी जवाफदेही सरकार, वित्तीय अनुशासन, घरआँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ ।

    यसैगरी विराटनगर–इटहरी औद्योगिक कोरिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्वासीको सम्मानजनक पुनस्र्थापना गर्ने र संघ, प्रदेश तथा पालिकाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ ।

    पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’लाई तीव्रता दिने र पार्टी–सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि यस संकल्पका प्रमुख बुँदा रहेका छन् ।

    यसैबीच कांग्रेस सभापति गगन थापा, पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार हुनुभएको छ ।

    दुवै नेतालाई वरिष्ठ नेतासहित केन्द्रीय कार्यसमितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताउनुभएको हो । खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको वकालत गर्दै आउनुभएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend