Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धनुषामा कांग्रेस सदस्यता व्यवस्थापनको जिम्मा अब्दुल सत्तारलाई


११, जेठ २०८३
  • 101
    SHARES
  • धनुषामा कांग्रेस सदस्यता व्यवस्थापनको जिम्मा अब्दुल सत्तारलाई

    काठमाडौं l नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने क्रममा धनुषा जिल्लाको सदस्यता सम्बन्धी समस्या समाधानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा अब्दुल सत्तारलाई जिम्मेवारी दिएको छ ।

    सभापति गगनकुमार थापाको समुपस्थितिमा तथा समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले विभिन्न जिल्लामा देखिएका सदस्यता व्यवस्थापनका समस्या समाधान गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार धनुषामा अब्दुल सत्तारलाई विशेष जिम्मेवारी प्रदान गरिएको हो ।

    बैठकले १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण तथा केन्द्रीय प्रणालीमा विवरण प्रविष्ट गर्ने काम २०८३ जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

    यसैगरी, सातै प्रदेशमा सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी तोकिएको छ । कोशीमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, सुदूरपश्चिममा उदय शमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, विभिन्न जिल्लामा सदस्यता व्यवस्थापन तथा समस्या समाधानका लागि डा. गोपाल दहित (बारा), आगेलु शेर्पा (सिराहा), राजीव ढुंगाना (सप्तरी), कुसुम थापा (सोलुखुम्बु), देवप्रसाद तिमिल्सिना (सर्लाही), तिलक रानाभाट (सुर्खेत), प्रमोदहरि गुरागाईं (महोत्तरी), टेकराज पौडेल (कपिलवस्तु), जगदीश नरसिंह केसी (सुनसरी), कमलकिशोर घिमिरे (रौतहट), कृष्ण रिजाल (पर्सा) र इश्वर अधिकारी (काठमाडौं) लाई समेत जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ ।

    बैठकले जनसम्पर्क समितिहरूको क्रियाशील सदस्यता अद्यावधिक, अधिवेशन व्यवस्थापन तथा सदस्यता सम्बन्धी समस्याको अध्ययन र समाधानका विषयमा समेत आवश्यक निर्णय गरेको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend