Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ सदस्य थप


१७, जेठ २०८३
  • 107
    SHARES
  • रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ सदस्य थप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य थप गरिएका छन्।

    विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू मनोनयन गरिएको हो। नवनियुक्त सदस्यहरूमा इन्जिनियर गुणराज ढकाल, इन्जिनियर मानबहादुर शाही, इन्जिनियर बन्धु ढकाल, इन्जिनियर पूजा दाहाल, इन्जिनियर सनत आचार्य, अविज्ञा मल्ल र राजेन्द्र वस्ती रहेका छन्।

    यसअघि विभागमा विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपाने, सदस्यहरू इन्जिनियर अम्बिकेश झा, इन्जिनियर चोकप्रसाद धिताल, इन्जिनियर रामहरी पौडेल तथा सुमनकुमारी जोशी रहेका थिए। नयाँ सदस्यहरू थपिएसँगै विभाग १२ सदस्यीय बनेको छ।

    विभागमा पूर्व ऊर्जा तथा जलस्रोत सचिवहरू इन्जिनियर देवेन्द्र कार्की, इन्जिनियर सुशील चन्द्र तिवारी तथा इन्जिनियर मधु भेटवाल रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत रहेको छ। उक्त समितिले ऊर्जा तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा विभागलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्नेछ।

    विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेका अनुसार विभागको सक्रियतामा ऊर्जा नीति तयार भइसकेको छ। अब ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन विकास, लगानी प्रवर्द्धन, उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली सुधार, नवीकरणीय ऊर्जाको विस्तार र जलस्रोतको प्रभावकारी उपयोगका लागि आवश्यक ऊर्जा तथा जलस्रोत नीति निर्माणको काम अघि बढाइनेछ।

    साथै, ऊर्जा क्षेत्रसँग सम्बन्धित विधेयक तथा कानुनी व्यवस्थाहरूमा आवश्यक सुझाव, सुधार र नीतिगत परामर्श प्रदान गर्ने कार्यसमेत विभागले प्रारम्भ गर्ने जानकारी उहाँले दिनुभयो।

    ऊर्जा तथा जलस्रोत क्षेत्रका अनुभवी विज्ञ तथा पेशाकर्मीहरूको सहभागिताले विभागको क्षमता थप मजबुत बन्ने र मुलुकको ऊर्जा विकास तथा नीतिगत सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend