Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न दिएन : अध्यक्ष ओली


१७, साउन २०८०
  • 185
    SHARES
  • सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न दिएन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाउनुभएको छ । तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप लगाउनुभएको हो ।

    उहाँले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गर्नुभयो । सरकारले नै सदनको अवरोध हटाउन नचाहे पनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उहाँले बताउनुभयो ।

    ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गर्नुभयो । आफुहरु सरकारले बनाएको छानविन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उहाले बताउनुभयो ।

    अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुदाँ पनि कांग्रेसले केहि नबोल्नु अचम्म भएको बताउनुभयो । सुन तस्कारीको छानविन गर्न नसक्ने पारदर्शीताको कुरा गर्न नसुहाउने उहाँले बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend