Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको ठहर, तत्काल फिर्ता लिन माग


१८, जेठ २०८३
  • 60
    SHARES
  • प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको ठहर, तत्काल फिर्ता लिन माग

    काठमाडौँ । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाएको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेकी सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहको अभिव्यक्तिले सम्पूर्ण नेपालीको शिर झुकाएको बताइन् । अर्यालले प्रतिनिधिसभा नियमावलीमा गरिएको नयाँ व्यवस्थाप्रति पनि विपक्षी दलको गम्भीर आपत्ति रहेको उल्लेख गरिन् । सांसद र सामान्य नागरिकका लागि कानुन समान हुनुपर्नेमा सत्तापक्षले चोरबाटोबाट सांसदहरूलाई अपराधमा उन्मुक्ति दिने प्रावधान ल्याएर पारित गरेको उनको आरोप थियो ।

    यस्तै, नेपाली कांग्रेसकी सचेतक निश्कल राईले पनि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर उल्लेख गरे । उनले सरकारले यो विषयको सत्यतथ्य के हो भन्नेबारे आम जनतालाई स्पष्ट रूपमा जानकारी दिनुपर्ने मागसमेत गरेका छन् ।

    छिमेकी मुलुकसँगको सीमा विवाद र अतिक्रमणको विषयलाई लिएर संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसमाथि विपक्षी दलहरूको यो आक्रामक मोर्चाबन्दीले आगामी संसद् बैठक थप पेचिलो बन्ने देखिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend