Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दिल्ली पुगे रास्वपा सभापति लामिछाने, यस्तो छ उच्चस्तरीय भेटवार्ताको तालिका


१८, जेठ २०८३
  • 99
    SHARES
  • दिल्ली पुगे रास्वपा सभापति लामिछाने, यस्तो छ उच्चस्तरीय भेटवार्ताको तालिका

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी सोमबार दिल्ली पुगेका हुन्।

    दिल्लीस्थित विमानस्थलमा लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

    लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) सहभागी छन्।

    भ्रमणका क्रममा लामिछानेले मंगलबार बिहान ११ बजे भाजपाको मुख्यालयमा पार्टी अध्यक्ष नितिन नविनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको बताइएको छ।

    भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री एस. जयशंकरसँग पनि लामिछानेको भेटवार्ता हुने जनाइएको छ।

    रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend