Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक नयाँ मन्त्री नियुक्त

२१, जेठ २०८३
  • 67
    SHARES
  • लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक नयाँ मन्त्री नियुक्त
    दाङ । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
     
    पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीलाई समावेश गरिएको छ। नयाँ मन्त्रीहरूसँगै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
     
    मुख्यमन्त्री आचार्यले एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ।
     
    त्यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो। मन्त्रिपरिषद् पुनर्गठनसँगै अग्रवालको स्थानमा अहिरलाई जिम्मेवारी दिइएको हो।
     
    प्रदेश सरकारका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबार हुने तय गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनलाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, गतिशील र परिणाममुखी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ।
     
    नयाँ मन्त्रीहरूको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरण र कार्यगत प्राथमिकतामा समेत नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
     
    दाङ, जेठ २४ । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
     
    पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीलाई समावेश गरिएको छ। नयाँ मन्त्रीहरूसँगै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
     
    मुख्यमन्त्री आचार्यले एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ।
     
    त्यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो। मन्त्रिपरिषद् पुनर्गठनसँगै अग्रवालको स्थानमा अहिरलाई जिम्मेवारी दिइएको हो।
     
    प्रदेश सरकारका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबार हुने तय गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनलाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, गतिशील र परिणाममुखी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ।
     
    नयाँ मन्त्रीहरूको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरण र कार्यगत प्राथमिकतामा समेत नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०

    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634

    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend