Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा रुपन्देहीको नेतृत्वमा महेन्द्र प्रसाद उपाध्याय


२५, जेठ २०८३
  • 99
    SHARES
  • रास्वपा रुपन्देहीको नेतृत्वमा  महेन्द्र प्रसाद उपाध्याय

    बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्ला अधिवेशन निर्वाचन समितिले यही मिति २०८३ जेठ २४ गते सम्पन्न जिल्ला अधिवेशनको अन्तिम चुनावी नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रुपन्देही जिल्ला समितिको नेतृत्व चयनका लागि भएको कडा प्रतिस्पर्धात्मक निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो।

    निर्वाचन समितिका अनुसार अत्यधिक महत्वका साथ हेरिएको जिल्ला सभापति पदमा २९६ मत प्राप्त गर्दै महेन्द्र प्रसाद उपाध्याय विजयी हुनुभएको छ, भने उहाँका निकटतम प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गर्नुभएको छ।

    यसैगरी कार्यसमितिको उप-सभापति पदमा २३८ मतका साथ दुर्गा प्रसाद खनाल निर्वाचित हुनुभएको छ। मुख्य पदहरू मध्ये सचिवमा २३७ मत प्राप्त गरी ज्ञानेन्द्र पाण्डे र सह-सचिवमा २७९ मतका साथ बाबुराम अर्याल विजयी हुन सफल हुनुभएको छ।

    जिल्ला कार्यसमिति सदस्यहरूतर्फ खुल्ला तथा आरक्षित कोटाबाट शर्मिला आचार्य (३२२ मत, महिला), राज बहादुर क्षेत्री (२४० मत), अनिता पन्थी (२६७ मत, महिला), रामनाथ हरिजन (१७२ मत, दलित) र जमुना सापकोटा (१६० मत, महिला) विजयी हुनुभएको छ।

    क्षेत्रीय संगठनतर्फको नेतृत्व चयनमा क्षेत्र नं. १ को संयोजकमा खडानन्द पौडेल, क्षेत्र नं. २ को संयोजकमा विष्णु प्रसाद पौडेल, क्षेत्र नं. ३ को संयोजकमा छविलाल शर्मा, क्षेत्र नं. ४ को संयोजकमा विश्वनाथ शर्मा र क्षेत्र नं. ५ को संयोजकमा शेषकान्त गैरे (समिर) निर्विरोध तथा निर्वाचित हुनुभएको छ।

    निर्वाचन समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको विवरण सार्वजनिक गर्दै यसै सूचनामार्फत सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend