Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दीपक खड्कासहित तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण


२५, जेठ २०८३
  • 58
    SHARES
  • दीपक खड्कासहित तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ । 

    समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो। 

    संखुवासभाका महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।

    719714121_985449541012752_3639244746108721452_n719827579_2147957039320990_7210751425089807650_n

    समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् । 

    समितिले खड्कामाथि २०८२ फागुन २१ को निर्वाचनका क्रममा मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टी विरुद्ध बोलेको आरोप लगाएको छ। थापाद्वारा हस्ताक्षरित पत्रमा खड्काले ‘विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार गर्दिनँ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख छ । 

    उनलाई समितिले बाहिर रुखमा मत मागे जस्तो गर्ने तर भित्रभित्रै सूर्य (एमाले), घण्टी (रास्वपा) र माटोमा मत हाल्न लगाउने’ र एमाले उम्मेदवारलाई जिताउँछु भन्दै हिँडेको आरोप पनि लगाएको छ । समितिले खड्काले ‘कांग्रेसले चुनाव जित्दैन, कार्यक्रममा नजानू’ भन्दै कार्यकर्ताहरूलाई फोन समेत गरेको उजुरी समितिमा परेको पनि पत्रमा लेखिएको छ। 

    संखुवासभा कांग्रेस सचिव अधिकारीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । जिल्ला सचिव जस्तो जिम्मेवार पदमा रहेर पनि उनले आफ्ना निकट साथीहरूलाई सूर्य, घण्टी र माटोमा मतदान गर्न प्रेरित गरेको समितिले जनाएको छ।

    समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ बमोजिम अनुशासन उल्लङ्घनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने ? पत्र प्राप्त गरेको ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू।’ भन्ने पत्र काटिएको हो। 

    दुवै जनालाई जेठ २० गते स्पष्टीकरण सोधिएको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend