Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनकाे शपथ


२६, जेठ २०८३
  • 108
    SHARES
  • गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनकाे शपथ

    काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।

    प्रधानमन्त्री शाहकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्रीले आजै राष्ट्रपतिसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।

    सुधन गुरुङले दाेस्राे पटक गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे हाे । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा–१ बाट निर्वाचित उहाँ यसअघि २७ दिन गृहमन्त्री बन्नुभएको थियो ।

    गुरुङ गएको चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि छानबिन भएको थियो । छानबिनबाट ‘क्लिनचिट’ पाएसँगै गुरुङ गृह मन्त्रालयमा फर्किनुभएकाे हाे ।

    महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ । उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बन्नुभएको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend