Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा चोरी र चोरी प्रयासमा संलग्न ८ जना पक्राउ, सुनचाँदी पसल सञ्चालककै संलग्नता खुल्यो


२७, जेठ २०८३
  • 86
    SHARES
  • बुटवलमा चोरी र चोरी प्रयासमा संलग्न ८ जना पक्राउ, सुनचाँदी पसल सञ्चालककै संलग्नता खुल्यो

    काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा भएका दुई छुट्टाछुट्टै चोरी तथा चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।

    रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार गत जेठ १९ गते राति करिब २ः३० बजे गस्तीमा रहेको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–५ विकासपथस्थित ‘देव सुनचाँदी पसल’को सटरको ताला काट्दै गरेको अवस्थामा सात जनालाई रङ्गेहात पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सन्तकविरनगर जिल्लाका २६ वर्षीय आकाश वर्मा, २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अली, २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय शहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा र २३ वर्षीय मोहम्मद पारिस रहेका छन्। उनीहरूको साथबाट ताला काट्न प्रयोग गरिने कैँची र पेचकस समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उक्त सुनचाँदी पसलका सञ्चालक ४१ वर्षीय दीपक बिक पोखरा गएको अवस्थामा पसलबाट करिब १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त भएको थियो। घटनापछि गरिएको अनुसन्धानका क्रममा सोही पसलका सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिकको संलग्नता रहेको देखिएको प्रहरीको दाबी छ।

    प्रहरी उपरीक्षक शाहीले बीमा रकम दाबी गर्ने तथा विभिन्न व्यक्तिले धितोमा राखेका सुनचाँदी हिनामिना गर्ने उद्देश्यले चोरीको योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार घटनामा अझ बढी परिमाणमा सुनचाँदीको कारोबार वा हिनामिनाको तथ्य बाहिर आउन सक्ने अनुमान गरिएको छ र अनुसन्धान जारी रहेको छ।

    यस्तै, गत जेठ ४ गते बुटवल उपमहानगरपालिका–८ सुक्खानगरस्थित राजेश कुमार गुप्ताको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु नगरपालिका–२ निवासी २७ वर्षीय शिव ओम थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    उनको साथबाट चोरी भएका सुनका दुई थान बाला, लकेटसहितको सिक्री, अर्को सिक्री, चार थान कानपासा, एक जोडी झुम्का, एक जोडी बाली, दुई थान माला, तीन थान औँठी, एक जोडी टप, स्टोन फुलीलगायतका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

    यसका साथै चाँदीको एक थान लोटा, छ थान बिच्छु र एक थान औँठी समेत बरामद भएको छ।

    प्रहरीले पक्राउ परेका सबै अभियुक्तहरूमाथि चोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend