Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीय संसदको आजको बैठकः बजेट विधेयक र विभिन्न अध्यादेशहरू कार्यसूचीमा


५, असार २०८३
  • 72
    SHARES
  • संघीय संसदको आजको बैठकः बजेट विधेयक र विभिन्न अध्यादेशहरू कार्यसूचीमा

    काठमाडौं - संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज बस्ने बैठकका लागि सम्भावित कार्यसूचीमा बजेटसँग सम्बन्धित विधेयकहरू र विभिन्न महत्वपूर्ण अध्यादेशहरूमाथि छलफल तथा निर्णयार्थ प्रश्तुत गरिने कार्यक्रम रहेको छ। 

    प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    त्यसैगरी, बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने विषयमा छलफल हुनेछ। सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी माननीय खडकबहादुर बुढाले राख्नुभएको प्रश्ताव र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रधानमन्त्रीकातर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

    सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशहरूमाथि पनि सदनमा छलफल हुनेछ। नीता घतानी, आरेन राई र कृपाराम रानाले क्रमशः यी अध्यादेशहरू अस्वीकार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्यमन्त्री निशा मेहताले ती अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव प्रस्तुत गनैछन्। 

    आजै बस्ने राष्ट्रिय सभाको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको गृहमन्त्री सुधन गुरुङले उत्तर दिने कार्यसूची तय भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले थारु आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्। यस्तै, प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ स्वीकृत गरियोस् भनी प्रश्ताव प्रस्तुत गर्नेछन्। 

    राष्ट्रिय सभामा पनि अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्य मन्त्री निशा मेहताले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरासमेत जानकारी गराइनेछ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend