Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यसै महाधिवेशनबाट रास्वपाको विधानमा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था समेटिने


५, असार २०८३
  • 123
    SHARES
  • यसै महाधिवेशनबाट रास्वपाको विधानमा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था समेटिने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नयाँ विधान आउन लागेको छ। नयाँ विधानमा विशेष महाधिवेशनको व्यवस्था गर्न लागिएको प्रस्ताव अगाडि छ।

    शनिबार केन्द्रीय कमिटीले पारित गर्न लागेको नयाँ विधानमा कुनै परिस्थिति सिर्जना भएमा विशेष महाधिवेशन गर्न सकिने व्यवस्था गर्न लागिएको हो । विधानमा काम गरिरहेका नेताहरूका अनुसार धारा ८९ मा विशेष महाधिवेशनको व्यवस्था गर्न लागिएको हो।

    ‘पार्टीको राजनीतिक जीवनमा कुनै गम्भीर वा असाधारण परिस्थिति उत्पन्न भई तत्काल वैचारिक, नीतिगत वा सांगठनिक नेतृत्व परिवर्तनसमेत निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न सकिने छ’, यस अघिको विधानमा विशेष महाधिवेशन र अर्ली महाधिवेशनको व्यवस्था स्पष्ट लेखिएको थिएन।

    नयाँ विधान अनुसार बहुमत सदस्यले कुनै परिस्थिति आएमा विशेष महाधिवेशन आह्वान गर्न सक्ने समेत स्पष्ट लेखिन लागेको हो। सम्पूर्ण निर्णय गर्ने अन्तिम अधिकार केन्द्रीय कमिटीलाई दिइने समेत विधानमा स्पष्ट उल्लेख हुन लागेको छ।

    विशेष महाधिवेशन गर्न पार्टी महाधिवेशन भएको करिब एक वर्ष अथवा छ महिना पुगेको हुनुपर्ने बाध्यकारी बन्दै समेत लगाइएको नेताहरूको दाबी छ।

    पार्टीको विधान थपगट भइरहेकाले अहिले नै एकिङ भन्न नसकिने अवस्था रहेको ती नेताले बताएका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend