Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय


६, असार २०८३
  • 76
    SHARES
  • सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय

    काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ ।

    संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको सय दिनमा गरेका प्रतिवद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो ।

    संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढङ्गले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

    प्रमुख प्रतिपक्षी दलको भुमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गर्नुभयो । सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन नागरिकले गर्ने उहाँको भनाइ छ ।

    यस्तै नेता अभिषेकप्रताप साहले सरकारको शुरूआती सय दिन अर्थात् ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो ।

    उहाँले अहिलेको सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो ।

    नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै नेपाली कांग्रेसले सरकारका कामकारबाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend