Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विष्णु पौडेल पक्राउ प्रकरण : भ्रष्टाचारविरुद्ध सरकारको एक्सन कि राजनीतिक कम्पन ?


१०, असार २०८३
  • 110
    SHARES
  • विष्णु पौडेल पक्राउ प्रकरण : भ्रष्टाचारविरुद्ध सरकारको एक्सन कि राजनीतिक कम्पन ?

    काठमाडौं । नेपालको राजनीतिक वृत्तलाई एकाएक तरंगित बनाउने घटनामा पूर्वअर्थमन्त्री तथा विष्णु पौडेल पक्राउ परेका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेपछि पक्राउ पुर्जी जारी गरिएको र त्यसकै आधारमा प्रहरीले उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएको हो।

    रिपोर्टहरूका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सक्रिय अनुसन्धानपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। काठमाडौंस्थित भैंसेपाटी निवासमा समेत छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको दाबी सार्वजनिक भएको छ। यता  नेकपा एमालेले यसलाई “राजनीतिक प्रतिशोध” भन्दै सरकारमाथि गम्भीर आरोप लगाएको छ।

    विपक्षी नेतामाथि राज्य संयन्त्र दुरुपयोग गरिएको भन्दै एमाले नेताहरूले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।  तर मुख्य प्रश्न अब अर्को छ - देशमा सुशासन चाहिन्छ कि शक्तिशालीलाई सधैं उन्मुक्ति ?

    नेपालमा वर्षौंदेखि राजनीतिक पहुँचका आधारमा कानुनलाई कमजोर बनाउने प्रवृत्ति देखिँदै आएको छ। यदि राज्यले अब ठूला नेतादेखि उच्च तहका व्यक्तिसम्म कानुनी दायरामा ल्याउने अभियान सुरु गरेको हो भने यसलाई सामान्य राजनीतिक घटनाको रूपमा हेर्न मिल्दैन।

    अहिले देशभर उठिरहेका ३ निर्णायक प्रश्न : आरोपको कानुनी आधार कति बलियो छ ?  प्रमाणहरू तथ्यमा आधारित छन् कि छैनन् ?  अनुसन्धान साँच्चै स्वतन्त्र छ कि राजनीतिक दबाबमा ? सुशासनको असली परीक्षा सुरु यदि अनुसन्धान निष्पक्ष, प्रमाणमा आधारित र पारदर्शी ढंगले अगाडि बढ्यो भने यो नेपालमा सुशासन स्थापनातर्फ ऐतिहासिक कदम बन्न सक्छ।

    तर यदि चयनात्मक कारबाही भयो भने यसले जनविश्वास झन् कमजोर पार्नेछ। अब देशका जनता एउटा कुरा हेर्न चाहन्छन् - “कानुन साँच्चै सबैका लागि बराबर हो कि अझै पनि शक्तिशालीका लागि छुट्टै व्यवस्था छ ?” स्पष्ट सन्देश देश दोहन गर्ने, भ्रष्टाचार गरेर राज्यलाई कमजोर बनाउने, सार्वजनिक सम्पत्ति लुट्ने जोसुकै भए पनि कारबाही हुनैपर्छ। मुलुकमा सुशासन कायम गर्ने हो भने सरकारको पहिलो लक्ष्य नै हुनुपर्छ - भ्रष्टाचारमाथि निर्मम प्रहार। अन्तिम प्रश्न देशले सोधिरहेको छ : “अब नेपालमा कानूनको शासन सुरु हुँदैछ, कि राजनीति अझै पनि भ्रष्टाचारको ढाल बनेर बस्नेछ ?”

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend