Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध, ९९ जना केन्द्रीय सदस्यको चुनाव आज


१०, असार २०८३
  • 80
    SHARES
  • रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध, ९९ जना केन्द्रीय सदस्यको चुनाव आज

    काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ ।

    रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राख्नुभएको थियो ।

    २०७९ सालको असार ७ गते घोषणा गरेको रास्वपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नुभएको हो ।  अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनोटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो सवा ३ बजेमात्र बन्दसत्र सुरु भएको थियो ।

    बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेस गर्नुभयो ।

    यसैबीच चुनावबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ ।   केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ । आयोगले आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको जनाएको छ ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend