Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान


१५, असार २०८३
  • 99
    SHARES
  • जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान

    काठमाण्डौ — राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    २३ औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो।

    राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेसाका रूपमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो। साथै, त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    उहाँले जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउन सरकार, कृषक तथा सरोकारवाला पक्ष जलवायुमैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    धानखेती वर्षामा निर्भर रहने भएकाले धानखेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनुभयो ।

    यस वर्ष राष्ट्रिय धान दिवस ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend