Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य सेवाका कर्मचारीदेखि डाक्टर-नर्ससम्मले अब कार्यालय समयमा फेसबुक चलाउन नपाउने


१८, असार २०८३
  • 137
    SHARES
  • स्वास्थ्य सेवाका कर्मचारीदेखि डाक्टर-नर्ससम्मले अब कार्यालय समयमा फेसबुक चलाउन नपाउने

    काठमाडौँ - स्वास्थ्य सेवाका कर्मचारीले अब कार्यालय समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। 

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका स्वास्थ्यकर्मी/कर्मचारीको लागि जारी गरेको आचारसंहितामा कार्यालय समयमा मोबाइल र कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग नपाइने उल्लेख छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत असार १० गते स्वीकृत गरेको आचारसंहिता आज बिहीबार मन्त्रालयले सार्वजनिक गरेको हो।

    यो आचारसंहिता स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै संघीय/प्रदेश अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको लागि पनि भएको बताइएको छ। 

    कर्मचारीहरूले कार्यस्थल बाहिर सेवाग्राही वा व्यवसायीहरूसँग व्यक्तिगत लाभ वा स्वार्थका लागि भेटघाट गर्न नहुने नियम बनाइएको छ। कार्यालयबाट हुने खरिद प्रक्रियामा आफ्ना नजिकका नातेदार वा स्वार्थ जोडिएका व्यक्ति वा फर्मलाई संलग्न गराउन नपाउने समेत जनाएको छ। 

    यस्तै अस्पतालको सम्पत्ति, औषधी, उपकरण तथा अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौन दुर्व्यवहार तथा उत्पीडन गर्न नहुने उल्लेख छ।

    आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।

    बिरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने, जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend