Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीसहित देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना


२६, असार २०८३
  • 85
    SHARES
  • लुम्बिनीसहित देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। यतिबेला देशभर अधिकांश स्थानमा बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईसहित पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा मधेससहित तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभाग, मधेससहित केही तराई क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

    मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यकामा रातिदेखि नै वर्षा भइरहेको छ। अहिले केही समय वर्षा कम भए पनि दिउँसो र राति पुनः बदली भई भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend