Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धर्म ज्योतिष तथा वास्तु सम्मेलन सुरु


१९, साउन २०८०
  • 400
    SHARES
  • धर्म ज्योतिष तथा वास्तु सम्मेलन सुरु

    बुटवल । बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन सुरु भएको छ ।

    बिश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सुरु भएको सम्मेलनलाई कार्यक्रमका प्रमुख अतिथि  मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले उद्घाटन गर्नुभएकाे हाे ।

    No description available.

    विश्वमा ज्योतिष विद्याको महत्व र आकर्षण बढ्दै गएको सम्मेलनमा सहभागी वक्ताले बताउनु भएको छ । अध्ययनका धेरै विषयमध्ये जुनसुकै विषयको मूल विद्याको श्रोतका रुपमा ज्योतिष विद्या भएकोले यसको महत्व र आकर्षण बढेको सरोकारवाला बताउँछन ।

    हिन्दु धर्मावलम्बीहरुले मान्ने आसौच, ज्योतिषशास्त्र र वास्तुशास्त्रका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न भन्दै पहिलो पटक बुटवलमा भएको धर्म, ज्योतिष तथा वास्तु सम्मेलनमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

     मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । धर्मसभा आफैमा पूर्ण हुने भन्दै उहाँले ज्योतिषलाई चिन्न र मनन गर्न ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । 

    कार्यक्रममा चैतन्य कृष्ण, प्रमुख वक्ता देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, वरिष्ठ पत्रकार डां बालकृष्ण चापागाई समाजसेवी टंक पराजुलीले विश्वमा नै फलित ज्योतिषले मानिसहरुको भूत, वर्तमान र भविष्य बताउने हुँदा त्रिकालदर्शी मानिने दाबी गर्नुभयो । कार्यक्रममा प्रमुख वक्ता देवमणी भट्टराईले ज्योतिष परामर्श केन्द्र वास्तवमा रिसर्च सेन्टर भएको बताउनुभयो ।

    सम्मेलनबाट निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताउनुभयो ।

    हिन्दु धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्ने र निचोड निकाल्ने गरी कार्यक्रम गरिएको नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं सम्मेलन ब्यवस्थापक सुन्दर भण्डारीले बताउनुभयो । कार्यक्रममा करिब ५ सय सहभागी रहेको थियो ।

    सम्मेलनमा देश तथा बिदेशका हिन्दु धर्म अनुयायीहरुको उपस्थिति रहेको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी पुजा सामग्री भण्डार सहआयोजनामा बुटवलमा  दुई दिने सम्मेलन चल्नेछ ।

    1691199938406.jpg

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend