Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण


२०, साउन २०८०
  • 215
    SHARES
  • सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएको विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ । 

    शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताउनुभयो । 

    “उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ”, सदस्य न्यौपानेले भन्नुभयो, “आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend