Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालेनलाई धन्यवाद दिँदै मोदीले भने- सम्बन्ध अझ सुदृढ बनाउन प्रतिबद्ध छौं


३०, साउन २०८३
  • 87
    SHARES
  • बालेनलाई धन्यवाद दिँदै मोदीले भने- सम्बन्ध अझ सुदृढ बनाउन प्रतिबद्ध छौं

    काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

    भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान मोदीलाई शुभकामना दिएका थिए। उनले सामाजिक सञ्जाल एक्समार्फत दिएको शुभकामना सन्देशमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए। 

    प्रधानमन्त्री शाहले भनेका थिए, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्।’

    त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई धन्यवाद दिएका छन्। उनले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्। 

    मोदीले भनेका छन्, ‘हामी हाम्रा देशका जनताको आपसी समृद्धि र कल्याणका लागि भारत र नेपालबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्न प्रतिबद्ध छौँ।’

    भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend