Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० ले गर्यो भालुवाङ्ग सडकको छेउमा बृक्षारोपण


२०, साउन २०८०
  • 522
    SHARES
  • राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० ले गर्यो भालुवाङ्ग सडकको छेउमा बृक्षारोपण

    गोपाल प्रसाद भट्टराई,अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० को वार्डसमितिद्धारा गच्छे–भालुवाङ्ग सडकको धनचौर खण्डको सडक छेउमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने हेतुले मोटरबाटोको छेउमा लाकुंरी, टुनी र आंप गरि करिब २ सय बिरुवा रोपिएको हो । 

    राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भुमिकास्थान नगर प्रमुख झविलाल थापा र जिल्ला सचिव बाबुराम पन्थीको बिशेष उपस्थितिमा धनचौर स्वास्थ्यचौकी छेउबाट सुरु गरि लिसेकुना सम्मको सडक छेउमा बिरुवा रोपिएको राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० का सचिव भिमलाल भुसालले जानकारी दिनुभएको छ । 

    received_6371318086296138.jpeg

    वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै भुमिकास्थान नगर प्रमुख झविलाल थापाले मोटरबाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विस्वाँस व्यक्त गर्नुभएको छ । 

    received_2470838833094238.jpeg

    वाताबरण संरक्षण र पैदल यात्रीलाई शितलता दिनेगरि सडक छेउमा बिरुवा रोप्ने र हरियाली सडक नामाकरण गर्ने नगरपालिकाको सोंच अनुसार राजमो धनचौरले गरेको वृक्षारोपण कार्यको प्रसंशा समेत गर्नुभएको छ । 

    प्रगतिशिल लेखक संघ लुम्बिनी प्रदेश सदस्य तिलकराम भट्टराई, अखिल छैठौं अर्घाखाँचीका पूर्व उपाध्यक्ष शिव वेल्वासे, राजमो जेष्ठ सदस्य दण्डपाणी गैरे,विर बहादुर खत्री,भागिरथा गैरे लगायत राजमो धनचौरका नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै राजमो जिल्ला सचिव बावुराम पन्थीले सडक छेउमा वृक्षरोपण गर्दा वातावरण सुधार्न सहयोग पुगेको बताउनुभएको छ । 

    राजमो धनचौरले महत्वपूर्ण सडक छेउमा गरेको वृक्षारोपण जस्तो पवित्र कार्यको सिको अरुलेपनि गर्नुपर्नेमा उहाँले जोड दिनुभएको भएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend